स्वरोजगारीका लागि एसईई पछि पढ्न पाईने सीटीईभीटी कोर्ष


एसईई दिईसकेपछि धेरै विद्यार्थीहरूलाई स्वरोजगार हुने चाहना हुन्छ । छोटो समयको तालिम दिई व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न चाहाने विद्यार्थीहरूले सीटीईभीटीका कोर्षहरु अध्ययन गर्न सक्छन् । सीटीईभीटीका कोर्ष अध्ययन गरेका विद्यार्थीहरूले छोटो समयमै रोजगार प्राप्त गर्न सक्छन् । उच्च शिक्षा अध्ययन गर्न नसक्ने तर स्वरोजगार बन्न चाहने विद्यार्थीहरूका लागि पनि सीटीईभीटीले विभिन्न व्यवसायिक तालिम दिँदै आईरहेको छ ।


ब्युटीपार्लर सम्बन्धि, बाख्रा पालन सम्बन्धि, खेतीकिसानी सम्बन्धि छोटो समय अवधिका तालिम सीटीईभीटीले सञ्चालन गर्दछ । यी तालिमहरू लिई विद्यार्थीहरूले आफै व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सक्छन् । यसैगरी, सीटीईभीटीले उच्च शिक्षा आर्जन गर्न चाहाने विद्यार्थीहरुलाई पनि ध्यानमा राख्दै विभिन्न कोर्षहरु सञ्चालन गरेको छ । सीटीईभीटीले विद्यार्थीहरूलाई व्यवसायी तालिम मात्र नदिई प्राविधिक शिक्षा समेत प्रदान गर्दै आईरहेको छ ।


प्राविधिक शिक्षा, सीप र जीविकोपार्जनसँग जोडिएको हुन्छ । अन्य विषयहरूको तुलनामा छोटो समयमा नै अध्ययन सकाई रोजगार प्राप्त गर्नुकासाथै थोरै खर्चमा अध्ययन गर्न सकिने हुँदा पनि यो विषय विद्यार्थीहरूको रोजाईमा पर्ने गरेको छ ।
सीटीईभीटीबाट हाल डिप्लोमा तथा प्रमाणपत्र तहमा ३६ वटा र टिएसएलसी अन्तर्गत २५ वटा कार्यक्रम सञ्चालन भईरहेको छ । सर्टिफिकेट/डिप्लोमा तहको कोर्ष अध्ययन गर्नका लागि ३ वर्ष लाग्छ ।

डिप्लोमा तहमा पढाई हुने कोर्षहरु यस्ता छन् :


१. कृषि:


सीटीईभीटी अन्तर्गत हुने पढाईमध्ये कृषि विषय लिएर पनि अध्ययन गर्न सकिन्छ । कृषिमा २ वटा विषयहरूको पढाई हुन्छ । जसअन्तर्गत वनस्पति विज्ञान र जीव विज्ञान पर्दछ । यी विषय अध्ययनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।


२. इञ्जिनियरिङ:


एसईई अध्ययन गरेपछि विद्यार्थीहरूलाई इञ्जिनियरिङ क्षेत्रमा जान मन लागेको छ भने विद्यार्थीहरूले सीटीईभीटीमा डिप्लोमा तहमा पढाई हुने इञ्जिनियरिङका विभिन्न विषयहरू अध्ययन गर्न सकिन्छ । जसअन्तर्गत सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रीकल इन्जिनियरिङ, इलेक्टो«निक इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इनफरमेसन इन्जिनियरिङ, रेफ एण्ड एसी इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ र आर्किटेक्ट इन्जिनियरिङ विषयको पठनपाठन हुन्छ । सीटीईभीटीबाट इञ्जिनियरिङको डिप्लोमा गरेका विद्यार्थीहरूले स्नाकोत्तरमा इञ्जिनियरिङ विषयको लागि प्रवेश परीक्षा दिन सकिन्छ ।


३. मेडिकल विज्ञान:


सीटीईभीटीअन्तर्गत मेडिकल विज्ञान क्षेत्रको प्रवीणता प्रमाणपत्रमा सामान्य चिकित्सा, नर्सिङ, मेडिकल ल्याब प्रविधि, रेडियोग्राफि, आयुर्वेद विज्ञान, डेण्टल साइन्सलगायतका कोर्षहरु पढाई हुन्छ । यो कोर्ष अध्ययन गरेका विद्यार्थीहरूले पनि स्नाकोत्तरमा अध्ययनका लागि सम्बन्धित विषयमा प्रवेश परीक्षा दिन पाउँछन् ।
त्यस्तै, सीटीईभीटीले प्राविधिक विषय बाहेक डिप्लोमा तहमा अन्य विषयहरू पनि अध्यापन गराउँदै आएको छ । डिप्लोमा इन फरेस्ट र डिप्लोमा इन होटेल म्यानेजमेन्ट पनि पढाई हुन्छ ।


यसैगरी, टिएसएलसी कार्यक्रम अन्तर्गत पनि विभिन्न विषय अध्यापन गराउँदै आईरहेको छ । जस्तैः


१. कृषि
:


कृषिमा टिएसएलसी अन्तर्गत पशु उत्पादन÷पशु स्वास्थ्य, भेटेटरी साइन्स र बाली विज्ञानसम्बन्धि पढाई हुन्छ । यो १८ महिनाको कोर्ष हो ।


२. इन्जिनियरिङ:


टिएसएलसी इन्जिनियरिङ अन्र्तगत सिभिल, अटोमोबाइल, वाटर सप्लाई एण्ड सेनेटरी, सर्भे, कम्प्युटर, इलेक्ट्रीकल, इलेक्टा«ेनिक, मेकानिकल र एयर कन्डीशनिंग र रेफ्रिजरेटरका कोर्षहरु पढाई हुन्छ । यी १८ महिने कोर्ष हुन् ।


३. हेल्थ:


टिएसएलसी हेल्थ अन्र्तगत सीएमए, एएनएम, आयुर्वेद र मेडिकल ल्याब टेक्नलोजीका कोर्षहरू गर्न सकिन्छ । सीएमए, एएनएम, एएच डब्बु र ल्याब टेक्नलोजी अध्ययन गरिसकेपछि विद्यार्थीहरूले सम्बन्धित विषयमा उच्च शिक्षा आर्जन गर्न सक्छन् । यो १८ महिने कोर्ष हो ।


४. हस्पिटालिटी/ होटेल म्यानेज्मेन्ट:


हस्पिटालिटी/होटेल म्यानेज्मेन्ट अन्तर्गत टिएसएलसी तहमा दुुईवटा विषयहरू अध्यापन हुन्छ । जसमा पाक कला र होटेल म्यानेज्मेन्ट पढाई हुन्छ ।


५. मानविकी/व्यवस्थापन:


टिएसएलसी अन्तर्गत मानविकी/व्यवस्थापनमा ३ वटा विषयहरूको पढाई हुन्छ । जसमा कम्प्युटर एप्लिकेशन एण्ड सेक्रेटेरियल, इन्टरप्रिनरसिप डेभलपमेण्ट र सोसल मोभिलाइजेशन पढाई हुन्छ । यी विषयहरू १८ महिने कोर्ष हुन् ।