नमुना विकासका लागि सय वटा विद्यालय छनोट


काठमाडौं/१ साउन – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमुना विकासका लागि सय वटा विद्यालय छनोट गरेका छ ।

आर्थिक वर्ष ०७६र०७७ मा नमुना विद्यालयका लागि आवेदन भरेका विद्यालयको शैक्षिक एवं भौतिक मापदण्ड पूरा गरेका विद्यालयहरु छनोटमा परेका छन् ।

सरकारले २०८० सम्म एक हजार नमुना विद्यालय बनाउने योजना अनुसार ०७४ सालदेखि नमुना विद्यालय छनोट गर्दै आएको छ ।