अब देखि नो अब्जेक्सन लेटर अनलाइनबाटै


काठमाडौँ /१ साउन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरीदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको छ ।


अब नो अब्जेक्सन लेटर लिन चाहाने विद्यार्थीले वैदेशिक अध्ययन अनुमति शाखा केशरमहल नगई मन्त्रालयले तोकेको वेबसाइट मार्फत आवेदन दिन सक्ने छन् । साथै आवेदन स्वीकृत भए नभएको पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइने छ ।


उक्त जानकारी प्राप्त भएपछी तोकीए बमोजिमको राजस्व बैंकमा जम्मा गरे पश्चात नो अब्जेक्सन लेटर लिन आउने मिति इमेल मार्फत जानकारी पाउने छन् । तर अनुमति पत्र लिन भने विद्यार्थी शाखामा उपस्थित हुनुपर्नेछ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमण र लकडाउनका कारण एनओसी दिन रोक लगाइएको थियो ।