काठमाडौंर/१ साउन- संस्थागत विद्यालय शिक्षक युनियन ( इस्टु) ले प्याब्सन र एन- प्याब्सनको निर्णयको विरोध गरेको छ ।
प्याब्सन र एन-प्याब्सनले लकडाउनको बाहाना गरी एकतिर तलब नदिएको र अर्को तिर रोजीरोटी खोसेको इस्टुको भनाइ छ । आज प्रेस विज्ञप्ति जारी गर्दै इस्टुले, प्याब्सन र एन- प्याब्सनको यस्तो निर्णयले देशभरका दुई लाख बढी शिक्षक, कर्मचारी समस्या परेको जनाउँदै बालबालिकाको पढ्न पाउने अधिकार समेत खोसिएको बताएको छ ।
इस्टुले एकतर्फी अनलाइन कक्षा बन्द गर्ने र साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णयको भर्सना गर्दै तत्काल फिर्ता लिन प्याब्सन र एन- प्याब्सनलाई आग्रह गरेको छ । साथै प्याब्सन र एन- प्याब्सनको निर्णय ३ दिन भित्र नसचाए कडा सङ्घर्षको देश व्यापी आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।
निजी विद्यालयका शिक्षक, कर्मचारीहरुले ६ महिनादेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए ।