क्वेष्ट कलेजमा अनलाइन क्याम्प


काठमाडौं/१२ असार– क्वेष्ट इन्टरनेशनल कलेजले उद्यामी र साना व्यवसाय व्यवस्थापन बुट क्याप सञ्चालन गरिरहेको छ ।
जुन २१ गतेदेखि भईरहेको उक्त क्याप जुलाई ८ सम्म सञ्चालन हुने कलेजले जनाएको छ । कलेजका अनुसार विद्यार्थीहरुलाई उद्यामी हुन प्रेरित गर्दै यसका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्नका लागि क्याप गरेको बताएको छ । विश्वविद्यालय बन्द भएको यस अवस्थामा प्रविधिको सदुपयोग गर्दै विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि कलेजले अनलाइन क्याम्प चलाएको हो । १८ दिन सम्म चल्ने उक्त क्याम्पमा विभिन्न १८ व्यक्तिहरुले विद्यार्थीलाई आफ्नो विशिष्टताको विषयमा अनुभव, प्रशिक्षण दिनेछन् ।कलेजले कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुलाई कार्यक्रमको अन्तिममा प्रमाणपत्र वितरण गरिने जनाएको छ । क्याम्पमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहको छ ।