निजी स्कुलका शिक्षक जागिरबाट निष्कासन, सबै महिनाको तलब पाउनु पर्ने माग

काठमाडौं/१३ असार–निजी विद्यालयमा कार्यरत शिक्षकहरुको साझा संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई निष्कासन गर्ने कार्य बन्द गर्न अनुरोध गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापालाई भेटेर आफ्ना माग पुरा गराउन पहल गरिदिन इस्टुले आग्रह गरेका छ । इस्टुले धेरैजसो निजी विद्यालय सञ्चालकहरुबाट शिक्षक कर्मचारीले नियुक्तिपत्र न्युनतम तलब र सञ्चयकोष नपाएको र लकडाउन भन्दा अगाडिको र त्यसपछिका तलब भुक्तानी नगरेको अवस्थामा शिक्षक कर्मचारीहरूलाई निष्कासन गरिएको खबर आइरहेकाले निष्कासन गर्ने कार्य बन्द गरी सेवामा निरन्तरता दिन अनुरोध गरेको छ । आफूहरुले फागुन महिनादेखि तलब नपाएकाले सबै महिनाको तलब पाउनु पर्ने इस्टुले जनाएको छ । यसका साथै, समग्र निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत हुने बाध्यकारी व्यवस्था गर्न सांसद थापालाई अनुरोध गरेको छ ।