शिक्षा नीति बनाउँदा कार्यान्वयनको विषयमा प्रस्ट हुन आवश्यक छ : ढुङ्गाना

काठमाडौँ /७ असोज – प्यब्सन केन्द्रका पूर्व अध्यक्ष डिके ढुङ्गानाले सरकारले बनाएका नीतिले व्यवहारिक शिक्षामा कति काम गरेको छ भन्ने कुरा सरकारले हेर्न आवश्यक रहेको बताउँदै समाजबाट नै नैतिक शिक्षा सिकाउनुपर्ने बताएका छन् ।


उनले यस्ता खालका कानुन निर्माण गर्दा कार्यान्वयनको अवस्था कस्तो हुन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक रहेकोले शिक्षा मन्त्रालयले प्राथमिकताका साथ हेर्नुपर्ने सुझाब दिए ।


हाम्रो समाज खुला पाठ्यक्रम रहेको उल्लेख गर्दै विद्यालय भित्र नसिकाइएका कुरा वा विषयहरू बालबालिकाले समाजबाटै सिक्ने हुँदा समाजबाट विद्यार्थीले सिकेका कुरा विद्यालयसँग जोड्ने गरिएकाले समाजबाटै सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।


यसैगरी संविधानमा अनिवार्य तथा निःशुल्क शिक्षा लेखिएपनि त्यसको कार्यान्वयन सरकारले गर्न नसक्दा संस्थागत विद्यालयलाई दोष दिने प्रचलन रहेकोले कानुन बनाएर कार्यान्वयनमा पुग्दा कस्तो रूप लिन्छ भन्ने विषयमा प्रस्ट हुन आवश्यक रहेको बताए ।


“अहिलेको जटिलता भनेको अभिभावकले बालबालिकालाई समय दिन नसक्ने, समाल्न नसक्ने, हजुरबा हजुर आमा कहाँ हुनुहुन्छ थानै छैन । हिजोको हामीले सुन्दै हुर्केको कथा अथवा नैतिक शिक्षा केही नभएपनि किताबमा पढिन्थ्यो, अहिले त किताब पनि छैन, मोबाइलमात्रै छ, कतिबको कथा पढे मात्रै पनि हुन्छ । हाम्रा बालबालिकाले किताब नै पढ्न छोडे, पढेनन् । यसको ठाउँमा नैतिक शिक्षा राखेपनि किताबले केही न केही त सिकाउँछ होलानी” उनले भने ।


अब बन्ने नीतिमा अहिले गरेको योगदानले आउने पुस्ताले केही न केही योगदान गर्न सक्ने बनाउनुपर्ने बताउँदै नीति बनाउनेहरू भावनामा बगेर बनाउन नहुने आग्रह गरे । समस्या हिजो पनि रहेको आज पनि रहेको र भोलि पनि आउने उल्लेख गर्दै समाजले सबै कुरा हेरिरहेको र भन्न जति सजिलो छ गर्न त्यति कठिन रहेकोले यस्ता कुरा बुझेर नीति बनाए समस्याको समाधान हुने उनको सुझाब छ ।


यहाँबाट हेर्नुहोस भिडियो