काठमाडौँ /६ असोज – इम्पेरियल वल्र्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीले विद्यार्थीलाई नैतिक शिक्षा सिकाउने सवालमा नीति, ऐन वा पाठ्यक्रममा समस्या छ भन्ने भन्दा पनि त्यसको कार्यान्वयन र प्रयोगमा समस्या रहेको विचार व्यक्त गरिन ।
शिक्षामा नीति आवश्यक भएपनि नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउँदै अवधारणामा काम गरे मात्रै यसले सार्थकता पाउने उनको भनाई छ ।
कार्कीले विद्यालय शिक्षामा नैतिक तथा मुल्या मान्यता जस्ता शिक्षालाई प्राथमिकता दिएपनि विद्यार्थीमा प्रभावकारी नदेखिएको विभिन्न अनुसन्धानले देखाएको बताइन । साथै पाठ्यक्रममा यस्ता विषयहरू कतै न कतै समावेश भईरहेको उल्लेख गर्दै पाठ्यक्रममा समावेश भएका विषय कार्यान्वयन नहुने गरेको ठुलो चुनौती रहेको धारणा व्यक्त गरिन ।
बालबालिकालाई नम्बर ल्याउने शिक्षा दिने भन्दापनि जीवनमा उपयोगीने शिक्षा दिनुपर्नेमा जोड् दिँदै नैतिक शिक्षाको पनि मार्ग निर्देश गर्न भूमिका रहेको बताइन ।



