काठमाडौँ /१२ भदौ – त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्वन्धित डिन कार्यालयद्वारा सञ्चालित सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।
भदौ १० गते रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट सृजित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परीषद्को भदौ १२ गते बसेको बैठक सो निर्णय गरेको जनाएको छ । साथै स्थगित परीक्षाहरूको संशोधित परीक्षा तालिका केन्द्रीय परीक्षा सञ्चालक समिति तथा अध्ययन संस्थान ÷ सङ्काय अन्तर्गतका सम्वन्धित परीक्षा सञ्चालक समितिबाट भदौ २० गते भित्र प्रकाशित हुने सूचनामा उल्लेख छ ।



