काठमाडौ/१३ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।
शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापनसम्बन्धी आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थीहरूको संख्या धेरै हुँने र कक्षा कोठामा सामाजिक दुरी कायम गर्न नसकिने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि तुरुन्तै सञ्चालन गर्न समस्या हुने बताएका हुन् ।
साथै जेठ सम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्रलाई असर नपर्ने पनि बताएका छन् । जाडो,गर्मी बिदा,चाडपर्वका बिदा कटाएर अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलको भनाइ छ । तर लकडाउनको आगामी स्वरुप हेरेर मात्र मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने उनले भने ।
देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने पनि उनले बताए छन् ।
नेपाल लगायत बिश्वको कोरोना भाइरस अपडेट याहाँबाट हेर्नु होला