अनलाइन नतिजा र अनलाइन विद्यार्थी भर्नाका लागि ब्राईट स्कुल सफ्टवेयर


काठमाडौ/१४ बैशाख-कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेपछि यतिबेला विद्यालयहरुले परीक्षाको नतिजा सार्वजनिक गर्न पाइरहेका छैनन् । यसैलाई मध्यनजर गर्दै ब्राईट स्कुल सफ्टवेयरले अनलाइनबाटै नतिजा प्रकाशित गर्न र अनलाइन बाटै विद्यार्थि भर्ना मिल्ने सुविधा ल्याएको छ ।

यो सुविधा ब्राइट ओफिस सिस्टम्स प्रालि को ब्राईट स्कुल सफ्टवेयर प्रयोगकर्ताले पाउने छन् । विद्यालयको प्ले स्टोर तथा एप स्टोरबाट मोबाइल एप डाउनलोड गरी लगइन गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकले सजिलै नतिजा हेर्न सक्ने छन् ।
ब्राईट स्कूलमा विद्यार्थीको इन्फर्मेसन, एकाउण्ट ,लाईब्रेरी, रिजल्ट, पेरोल, होस्टेल, जीपीएस, ईन्भेण्ट्रि, एटेण्डेन्स, टिचर स्टाफ इन्फर्मेसन, नोटिपिकेसन, होमवर्कलगायत अन्य धेरै फिचर रहेको कम्पनीका सिईओ लक्ष्मण गौतमले जानकारी दिए । ब्राईट स्कूल मोबाईल एप्लिकेसनबाट स्टुडेण्ट, टिचर, म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्ने कम्पनीको भनाई छ ।

ब्राईट स्कूल अफलाईन भर्सनमा १०० भन्दा धेरै प्रयोग गरिएको आईआरडी प्रमाणित सफ्टवेयर भएको तथा यो सफ्टवेयर बुटवल, नवलपरासी, पाल्पा ,चितवन, काठमाडौं र पोखरामा प्रयोग भएको कम्पनीका सीइिओ सुमन गौतमले जानकारी दिए ।

नेपाल लगायत बिश्वको कोरोना भाइरस अपडेट याहाँबाट हेर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *