लकडाउन एसईई दिने विद्यार्थीका लागि जीवन बदल्ने मौका हो, उच्च अंकका लागि यसरि पढौँ

डा. टेकनारायण पौडेल

कोरोना भाइरसको कारणले चैत ६ गतेबाट सुरु हुने लागेको एसईई परीक्षा स्थगित भयो । परीक्षा स्थागित भएसँगै परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुमा मनोवैज्ञानिक असर परेको छ । यो लेखमा खासगरी उनै विद्यार्थीहरुलाई परेको मनोवैज्ञानिक असरलाई सम्बोधन गर्ने कोसिस गरिएको छ । हुन त अरु विद्यार्थीको लागि पनि यो तरिका अबलम्बन गर्दा शैक्षिक उपलब्धी हासिल गर्न सहज हुनेछ । परीक्षा स्थगन हुँदाको पीडा म सहजै महशुस गर्न सक्छु । एउटा असल शिक्षक अनि प्राचार्यको नाताले म यति मात्र भन्न सक्छु, विद्याथीका लागि ‘यो एउटा मौका हो जीवन बदल्नको लागि ।’ यसको अर्थ स्वास्थ्य बानी अबलम्बन गर्दै गर्दा मन एकचित्त भएर नियमित तालिका बनाएर अध्ययन गर्ने हो भने सायद उपलब्धी असम्भव नहोला ।


जीवन बदल्ने मौकाको लागि आफूमा भएको सकारात्मक उर्जालाई थप उत्साहित बनाउनु जरुरी छ । त्यसका लागि म मानव भएर जन्मेको इतिहास रचेर मर्नको लागि हो भन्ने सोच बदल्न जरुरी छ । अनि मात्र सफलता सम्भव छ ।
मेरो यो लेखको आशय खासमा कसरी अध्यन गर्ने, लामो समय घरमा मात्र बसिरहँदा पट्यार लाग्दो हुन्छ भन्ने चिन्ताको लागि निवारण गर्न सहयोगी होस् भन्ने हो ।


सबैभन्दा पहिला आफ्नो दैनिकीलाइ बदल्नुपर्छ । म हिजो जे गर्थे आज त्यहि गर्छु भन्ने होइन । म आज जे गर्दैछु त्यसले भोलिको सुखका लागि बाटो खुला गर्दैछ भन्नेकुरा अनुभूति गर्दै आफ्नो मनलाई उर्जावान बनाउनु पर्दछ । कम्तिमा २४ घण्टाको दिनमा उमेर अनुसार सुताई हुनुपर्छ । स्वस्थ अनि सधै उर्जावान बन्नको लागि ७ र ८ घण्टा सुतेर शरीरलाई राम्रोसंँग स्वस्थ राखने काम गर्नुका साथै आफ्नो दैनिकी जहिले पनि सकारात्मक कुराबाट सुरुवात गर्नुपर्छ ।


केही बुदाँ तल उल्लेख गरिएको छ


समय ब्यबस्थापन (Time Management)
विद्यार्थीको लागि पहिलो महत्वपूर्ण अध्ययन सिपमा समय व्यवस्थापन पर्दछ । आजको दिनमा जो जो विद्यार्थीले नियमित हरेक विषयलाई महत्व दिएर अध्ययन गर्दछन् । त्यस्ता विद्यार्थीले राम्रो नतिजा ल्याएको पाइन्छ । नियमित रुपमा सजिलो विषयमा अध्ययन गर्ने अनि जटिल विषयलाई महत्व नदिने बानीले नतिजामा असर गर्छ । बरु जटिल विषयलाई बढी समय प्रदान गर्नु राम्रो हुन्छ । हरेक विषयलाई नियमित समय तालिका बनाएर अध्ययन गर्दा बोरिङ्ग हुने सम्भावना कम हुन्छ । हरेक विषयको अध्ययन समय छोटोछोटो बनाउनु पर्छ ।


एकाग्रता (Concentration) 
आजको राम्रो नतिजाको लागि जति पढिन्छ, त्यति नै ध्यान केन्द्रित गर्नु राम्रो मानिन्छ । हाम्रा बाबुनानीहरुले अगाडि पुस्तक राख्यो अनि दिमागलाई कतै अन्तै केन्द्रित गर्ने गरेको पाइन्छ । मन र मस्तिष्कको कुशल संंयोजन नै सकारात्मक नतिजा हो । त्यसैले बाबुनानीहरुले दिवा सपनामा होइन, भबिस्यको सपनामा आफूलाई उर्जावान बनाउनको लागि जति सकिन्छ ध्यान केन्द्रित गर्ने । कुनै कुराले ध्यान अन्यत्र तान्यो भने त्यो बेलामा अध्ययन गर्ने काम छाडेर बरु रिफ्रेशको लागि निस्कनु राम्रो हुन्छ । जुन विषयमा ध्यान केन्द्रित छ त्यो नै दिमागमा बस्ने हो । त्यसैले हरेक व्यक्तिले आफ्नो ध्यान आफ्नो काम वा गरिरहेको कुरामा केन्द्रित गर्दा मात्र परिणाम प्राप्त गर्न सकिन्छ ।


पढाई सिप (Qmudy Skifll)
यो पनि विद्यार्थीमा हुनुपर्ने अर्को महत्वपूर्ण सिपमा पर्दछ । विद्यार्थीले किताब पढेको छ । तर, उसले बुझ्नुपर्ने बुझेको छैन भने त्यस्तो पढाइको खासै अर्थ हुँदैन । थोरै पढ्नु तर बुझेर पढ्नु नै महत्वपुर्ण मानिन्छ । अध्ययन सिपको कारणले हरेक विषयमा विद्यार्थीलाई धेरै नम्बर ल्याउन अनि त्यस्ता विषयको स्मरण लामो समय सम्म रहन्छ ।


नोट लेखाइ (Note Taking )
अंंग्रेजीमा नोट लेखाइलाई ल्यतभ त्बपष्लन भनिन्छ । हरेक विषय अध्ययन गर्दा महत्वपुर्ण शब्दलाई आफ्नो कापीमा उतार्नु नै यसको सार हो । जब अध्ययन गरिन्छ, अध्ययन गरेका कुराको टिपोट गर्ने त्यस्ता टिपोट गरिएका कुरा बाट किताब वा पाठको विवरण बनाउन जरुरी छ । यसबाट विद्यार्थीलाई लामो समयसम्म पाठ सम्झना हुनुका साथै हरेक कुरालाई आफ्नो भाषामा ब्याख्या गर्न पनि सहज हुन्छ भने विद्यार्थी बढी चलाख र बढी व्याख्या गर्न सक्ने हुन्छन् ।


लेखाइ सिप (Writing Skifll)
लेखाइ कलाले पनि विद्यार्थीलाई नतिजा मुखी बनाउँदछ । एउटा सफल विद्यार्थीको लेखाइ कला नै उसको गहना हो । हेर्दा आकर्षक देखिने लेखाइ अनि हरेक प्याराग्राफ पछिको १ र २ लाइन खाली छोड्दा राम्रो हुन्छ, जसको कारणले कापी जाँच्नेलाई नम्बर बढी दिन मन लाग्छ । अगाडीको दुरी अनि पछाडीको दुरीलाई मिलाएर आकर्षक अक्षर लेख्दा विद्यार्थीको स्वभाव कस्तो छ भन्ने कुरा पनि सहजै हेर्न र बुझ्न सकिन्छ ।


परीक्षा तयारी (Test Preparation)
हरेक विद्यार्थीले आज होइन, भोलि पढ्छु भन्छ भने सम्झनु उसले आफ्नो जीवन बर्बाद गर्दैछ । एक वर्षमा आफ्नो कोर्षलाई हिसाब गर्नु अनि हरेक दिनमा कति अध्ययन गर्नुपर्छ त्यसका आधारमा अध्ययन गर्नु जरुरी छ । अब अहिले कक्षा १० का बाबुनानीले कसरी योजना बनाउने ? अब छिट्टै परीक्षा हुन्छ यो बिषय जटिल हुन सक्छ । तथापि विद्यार्थीले कम्तिमा १ महिनाको योजना बनाएर परीक्षाको तयारी गर्नु बान्छनीय हुन्छ । त्यसका लागि हरेक दिन हरेक विषयको निश्चित कोर्ष सक्छु भन्ने संकल्प गरेर नै योजना बनाउनु राम्रो हुन्छ र नतिजा परिणाम मुखी हुनेछ ।


परीक्षाको चिन्ता व्यवस्थापन (Test Anxiety Management )
परीक्षा भने पछि चिन्ता लाग्नु स्वाभाविक हो । कहिले काही हामीले देखेका छौ, परीक्षा भने पछि छिटो छिटो पिसाब लाग्ने अनि मुटु चाँडो चले जस्तो हुने अनेक खालको असहजता महसुस हुन्छ । यो सबै हुनुको पछाडी आफ्ना बानुनानीलाई सहज रुपमा सिकाई नभएर नै हो भन्ने लाग्छ । परीक्षा एउटा सामान्य प्रक्रिया मात्र हो । १ वर्ष सम्म गरेको तयारीलाई केवल २ र ३ घण्टामा लेख्नु मात्र हो । परीक्षा दिन अन्यत्र जानु पर्ने हुँदा विद्यार्थीहरुले अझ बढी चिन्ता लिने गरेको पाइन्छ । आफ्नो नियमित ठाउँमा नभई अन्यत्र जाँदा पनि आफ्नो नियमित स्थान जस्तै अनुभूति गराउनु जरुरी छ ।


सबै मानिस उस्तै हुन, सबै कुरा उस्तै हो अनि सबै ठाउँ उस्तै हो भन्ने महसुस गराउनु नै परीक्षाको चिन्ताको व्यवस्थापन हो । समंग्रमा विद्यार्थी बाबुनानीलाई मेरो सुझाव के भने केवल स्थान अनि गार्ड मात्र परिवर्तन हुन आफुले गल्ति नगरीकन सहजरुपमा लेख्दा कुनैले पनि अप्ठ्यारो गर्दैन भन्नेकुरा बुझ्न जरुरी छ ।


समंग्रमा हाम्रो दृष्टिकोण बदल्नु नै उच्चतम नतिजाको आशा हो भन्न सकिन्छ । हरेक विद्यार्थी जो जो लामो समय घरमा बस्छन् ती हरेकले आफ्ना जटिलतालाई सामान्यकरण गर्नुसक्नु उच्चतम नतिजाको मार्ग हो ।


अन्त्यमा बाबुनानीहरु जसले उच्च लक्ष्य लिन्छ, तिनीहरु नै सफल भएका छन् । आज सम्मको दुनियामा आफूलाई सफल बनाउने हो भने लक्ष्य बदलौ, सफलताको शिखर चुम्न सकिन्छ ।


सफल नतिजाको लागि अध्ययन गर्ने शैली बदलौ, सफलता प्राप्ति टाढा छैन । सबैमा शुभकामना !


लेखकले बालबालिकाको अध्ययन भविष्यप्रतीको लक्ष्य र उपलब्धी विषयमा विद्यावारिधि गरेका छन्

नेपाल लगायत बिश्वको कोरोना भाइरस अपडेट याहाँबाट हेर्नु होला