प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न  निर्देशन

धनगढी/९ चैत – धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई बिना अनुमति पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ । प्रत्येक शैक्षिक सत्रमा विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ पर्ने गरेको भन्दै गुनासोहरू प्राप्त भएपछि उक्त निर्देशन दिएको हो ।


साथै उपमहानगरपालिकाको पूर्वस्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने सूचना मार्फत जानकारी गराएको छ ।


यदि कुनै विद्यालयले बिना अनुमति पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । यस निर्देशनले अभिभावकको आर्थिक भार कम गर्ने तथा विद्यालय व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ परिपत्र गरेको सूचनामा उल्लेख छ ।