काठमाडौँ /९ चैत – त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजहरुले पाठ्यक्रम स्वीकृत नगराई कक्षा सञ्चालन गरिरहेको पाइए समकक्षता नगर्ने चेतावनी दिएको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति भएपनि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यक्रम स्वीकृत नगराई कक्षा सञ्चालन गरेको पाइएकोले समकक्षता नगर्ने भनिएको हो ।
त्यस्ता शैक्षिक कार्यक्रमको उपाधि समकक्षता नगरिने भएकाले समयमै सञ्चालित कार्यक्रमको नविकरण र नयाँ कार्यक्रमको यस पाठ्यक्रम बिकास केन्द्रबाट स्वीकृत गराएर मात्र कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
सूचनामा भनिएको छ “विभिन्न विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम संचालनको लागि नेपाल सरकारको स्वीकृति लिई कार्यक्रम सञ्चालन गर्दै आएका कलेजहरुले त्रि.वि. पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यक्रम स्वीकृत नगराई कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति भएपनि यस त्रि. वि. पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यक्रम स्वीकृत नगराई कक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता शैक्षिक कार्यक्रमको उपाधि समकक्षता नगरिने भएकाले समयमै सञ्चालित कार्यक्रमको नविकरण र नयाँ कार्यक्रमको यस पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गराएर मात्र कार्यक्रम सञ्चालन गर्न सम्बद्द सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”



