काठमाडौँ /२८ फागुन – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न–उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।
यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण परीक्षा, मूल्याङ्कन र विशिष्टीकरण तालिकाका बारेमा समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छः
६. मूल्याङ्कन र परीक्षा
६.१. परीक्षा र मूल्याङ्कनको अवधारणा, प्रकार, साधन र विशेषता
६.२. प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रत्रहरुको विश्लेषण, वैधता र विश्वसनीयता
यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।



