काठमाडौँ /११ माघ – त्रिभुवन विश्वविद्यालय, रजिस्ट्रारको कार्यालयले विश्वविद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला माघ १२ गते बिहान ८ बजेसम्म नखोले प्रहरी प्रशासनको सहयोगमा ताला खोलिने जनाएको छ ।
केन्द्रीय विभागहरूले लिँदै आएको शुल्क र जन प्रशासन क्याम्पसमा भर्नाको विषयलाई लिएर विभिन्न विद्यार्थी संघ, संगठन एवम् जन प्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नामबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरिएको भन्दै खोल्न आग्रह गरेको हो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द शान्ति तथा विकास अध्ययन ४ ९चार० वटा केन्द्रीय विभागहरूले लिँदै आएको शुल्क र जन प्रशासन क्याम्पसमा भर्नाको विषयलाई लिएर विभिन्न विद्यार्थी संघ, संगठनले तला लगाएको विश्वविद्यालयले जनाएको छ ।
शुल्कको सम्बन्धमा विश्वविद्यालयले शुल्क पुनरावलोकन कार्यदल गठन गरी सो कार्यदलले आफ्नो कार्य अगाडी बढाईसकेको उल्लेख गर्दै माघ १२ गते विहान ८ः०० वजेसम्म ताला खोल्न विश्वविद्यालय सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । साथै उक्त समयमा ताला नखोलिए प्रहरी प्रशासनको सहयोगमा ताला खोलिने विश्वविद्यालयले जनाएको छ



