माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन खुला

काठमाडौँ /३ माघ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ ।


शिक्षक सेवा आयोगको माघ २ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन खुला गरेको हो ।


न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ ३ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।


विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np / डाउनलोड/सूचना/विज्ञापनबाट प्राप्त गर्न र हेर्न सकिनेछ ।