त्रिविले भन्यो : पुनः प्रवेश परीक्षाको प्रावधान छैन, हड्ताल गरेर अवरोध नगर्नु

कठमाडौँ /२ माघ – त्रिभुवन विश्वविद्यालयले तोकिएको शैक्षिक सत्र ९वर्ष०को कार्यान्वयनमा अवरोध हुने कुनैपनि गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ । शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हड्ताल, आगजनी र तोडफोड लगायतका गैरप्राज्ञिक गतिविधिहरूले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर पर्ने भन्दै सो आग्रह गरेको हो ।


यसैगरी तोकिएको शैक्षिक सत्र ९वर्ष० भित्र विद्यार्थीहरूले उपाधि प्राप्त गर्न नसकेमा विद्यार्थीहरूले थप समय र लगानी खर्चनु पर्ने उल्लेख गर्दै विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भैसकेको शैक्षिक पात्रो अनुसार कुनैपनि तहको पुनः प्रवेश परीक्षाको प्रावधान नभएको जनाएको छ ।


“गुणस्तरीय उच्च शिक्षा तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र उपलब्ध गराउने त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारीको कार्यान्वयनमा अवरोध हुने कुनैपनि गतिविधिमा संलग्न नहुन तथा वार्ता र सम्वादका विधिसम्मत माध्यमबाट समाधान खोज्नु हुन अध्ययनरत विद्यार्थी, शुभेच्छुक तथा सम्बन्धित सबैमा त्रिभुवन विश्वविद्यालय हार्दिक अनुरोध गर्दछ ” सूचनामा भनिएको छ ।


विश्वविद्यालयको परीक्षा व्यवस्थापन अन्तर्गत पर्ने रजिस्ट्रेसन, कक्षा सञ्चालन, परीक्षा फाराम सङ्कलन तथा व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन लगायत शैक्षिक पात्रो कार्यान्वयनको महत्वपूर्ण पक्ष रहेको जनाएको छ ।