संशोधित शिक्षा नियमावली ल्याउन कानुन तेर्स्याएर असफल नपार्न मन्त्री पुनको आग्रह

काठमाडौँ /२९ पुष – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संशोधन गरिएको नियमावली ल्याउन समय थोरै भएको बताउँदै कानुन तेर्स्याएर असफल नपारिदिन आग्रह गरेका छन् । उनले अब पुष २९, ३० र माघ १, २ गरेर जम्मा चार दिन मात्रै बाँकी समय रहेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।


उनले सामाजिक सञ्जालमा लेखेका छन् “पौष २५, ३० र माघ १, २ गरेर जम्मा चार दिन बाँकी छ, मैले प्रस्ताव गरेको ऐन र नियमावली ल्याउने समय । यसलाई कसैले अझै पनि कानुन तेर्स्याएर असफल नपारिदिन हुन विनम्र अनुरोध छ । मैले पेस गरेको दुरदृष्टि ९खष्कष्यल०लाई कानुनले नछेकोस । मैले अन्तिम घडी सम्म पर्खने छु ।”


आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ३ गतेदेखि आचार संहिता लागु हुने संकेत गर्दै मन्त्री पुनले उक्त भनाई राखेका छन् ।