कैलाली/२३ पुष – कैलालीको गौरीगङ्गा नगरपालिले एक हप्ताका लागि विद्यालय बिदा गर्ने निर्णय गरेको छ । शीतलहरका कारण चिसो बढेपछि नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको हो ।
नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ ।
बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।



