त्रिविद्धारा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली सार्वजनिक

काठमाडौँ /२ पुस – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५१ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ ।


पुष १० गते बिहीबारका दिन आयोजना गरिने त्रिभुवन दीक्षान्त समारोहमा त्रि.वि. बाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको हो ।


सार्वजनिक गरिएको नामावलीमा समावेश भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए पुस ४ गते भित्र स–प्रमाण सहित त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दावी गर्न सकिने त्रिविले जनाएको छ ।


विद्यार्थीले गरेको दाबी तत्पश्चात् विद्यार्थीहरूको नामावली पदक एवं पुरस्कारका लागि सिफारिस सिफारिस हुनेछ ।


दीक्षान्त पदक एवं पुरस्कारहरूको विवरण