काठमाडौँ/९ मंसिर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले युएईमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीहरूलाई दलाल र दर्ता नभएका कन्सल्टेन्सीहरूसँग सावधान रहन आग्रह गरेका छन् ।
दर्ता भएका युनिभर्सिटी र कलेजहरूमा मात्र भर्ना प्रक्रिया चाल्न र ति शैक्षिक संस्थाहरू बाहेक अरूलाई एनओसी उपलब्ध नहुने समेत जनाएका छन् ।
उनले भनेका छन् “युएईमा कन्सल्टेन्सीहरू मार्फत उच्च शिक्षा अध्ययन गर्न जाने भाइबहिनीहरूलाई अत्यन्त जरुरी सूचना – तलको वेबसाइटमा गएर त्यसमा दिइएको युनिभर्सिटी र कलेजहरूमा मात्र भर्ना प्रक्रिया चाल्नु होला । ति शैक्षिक संस्थाहरू बाहेक अरूले एनओसी पाउने छैन । दलाल र दर्ता नभएका कन्सल्टेन्सीहरू सँग सावधान हुनुहोस् ।”



