जनकपुरधाम/८ मंसिर – जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै मङ्सिर ८ गतेदेखि १० गतेसम्म विद्यालय बन्द हुने भएका हुन् ।
प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीन दिनसम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् । विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उनिहरुको भनाई छ ।
साथै हरेक वर्ष झै यो वर्ष पनि ठुलो सङ्ख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न, विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्थासमेत मिलाइदिन अपिल गरिएको छ ।



