शिक्षक सरुवा निर्देशिका : मुद्दाका कारण संशोधनमा समस्या

काठमाडौँ / ७ मंसिर – सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले शिक्षा सरुवा निर्देशिका परिमार्जन गर्न कठिन भएको शिक्षामन्त्री महावीर पुनले बताएका छन् । शिक्षक सरुवा निर्देशिकालाई संशोधन गरेर सहज बनाउन खोजिए पनि सर्वोच्च अदालतमा मुद्दा परेर विचाराधीनमा रहेकोले असहज भएको उनको भनाई छ ।


मन्त्री पुनले तीन हप्ता लगाएर संशोधनको खाका तयार गरिएको जानकारी दिँदै विचाराधीनमा रहेको मुद्दाका कारणले हाललाई केही गर्न नसकिने बताए । शिक्षक सरुवा निर्देशिकालाई संशोधन गरेर अन्याय र मर्कामा परेका शिक्षकहरूलाई केही सहज बनाउन प्रयास गरिएको उल्लेख गर्दै मुद्दा हाल्ने व्यक्तिलाई मुद्दा फिर्ता गर्न आग्रह गरेका छन् ।


उनले भनेका छन् “सरुवा कुरेर बस्नु भएका शिक्षकहरूलाई जानकारी – शिक्षक सरुवा कार्यविधिलाई संशोधन गरेर अन्याय र मर्कामा परेका शिक्षकहरूलाई केही सहज बनाउन प्रयास स्वरूप तीन हप्ता लगाएर संशोधनको खाका तयार गरियो । तर हिजो सर्वोच्च अदालतमा मुद्दा परेर विचाराधीनमा रहेको भन्ने जानकारी प्राप्त भएकोले हाललाई केही गर्न नसकिने देखियो । मुद्दावालाहरूले मुद्दा फिर्ता गर्नु पर्ने भयो ।”