एसईईमा सहभागी हुने विद्यार्थीलाई गणित विषयको अभिमुखीकरण

कार्तिक/२१-भक्तपुर कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू र अनिवार्य गणित विषयका शिक्षकलाई एक दिने एसईई अभिमुखीकरण कार्यक्रम–२०८२ सम्पन्न भएको छ । नेशनल प्याब्सन भक्तपुरको आयोजनमा सदस्य विद्यालयका विद्यार्थी र शिक्षकका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।


यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी हुने विद्यार्थीहरूलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद्का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा।रमेश प्रसाद अवस्थीले गरेका थिए । साथै गणित विषयलाई कठिन रूपमा नलिई कसरी सहज र सरल बनाई सिक्न र सिकाउन सकिन्छ भन्ने बारे अन्तर्क्रिया गरिएको थियो ।


विद्यार्थीहरूले गणित विषयलाई बोझ र कठिन रूपमा बुझ्ने गरेकाले परीक्षाको समयमा गणित विषयलाई डरको रूपमा नभई सहज बनाउन अभिमुखीकरण कार्यक्रम राखिएको नेशनल प्याब्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले बताए ।
नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गणित विषयलाई व्यवहारिक ज्ञानसँग जोडेर हेर्नुपर्नेमा जोड् दिए ।


गणित विषयलाई पनि दैनिक अभ्यास र क्रियाकलापको माध्यमबाट सिकाई गरेमा सहज हुने बताउँदै नेशनल प्याब्सन भक्तपुरले अर्को महिनामा अनिवार्य विज्ञान र सामाजिक विषयको पनि कक्षा १० का विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरेको छ ।