एसईईको ग्रेडसिट एकीकरण गरी प्रमाणपत्र जारी गरिने, विद्यार्थी केन्द्रमा आउन नपर्ने

काठमाडौँ/२० कार्तिक – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) ग्रेडसिट एकीकृत गर्न आग्रह गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश शिक्षा निर्देशनालय, विद्यालयहरू तथा सरोकारवाला सबैलाई आग्रह गरेको हो ।


बेर्डले २०८१ को ग्रडवृद्धि परीक्षामा सामेल भई न्यूनतम ग्रेड प्राप्त गरेका वा ग्रेडेड भएका परीक्षार्थीले २ वा २ भन्दा बढी ग्रेडसिट प्राप्त गरेका र ती ग्रेडसिटहरू जिपिए सहितको एकीकृत गरी एउटै ग्रेडसिट तथा प्रमाणपत्र विद्यार्थीले प्राप्त गर्नुपर्ने भएकोले उक्त सूचना जारी गरेको जनाएको छ ।


साथै विद्यार्थीबाट उनीहरूले प्राप्त गरेका २ व २ भन्दा बढी ग्रेडसिट जम्मा गरी उक्त कार्यसम्पादन गर्न देशभरबाट सबै विद्यार्थी केन्द्रमा नै आउनुपर्दा समय र खर्चका हिसाबले कठिन हुनेलगायतका कारण ग्रेडसिट एकीकरण गरी प्रमाणपत्रसहित जारी गरिने जनाएको छ ।

Screenshot