काठमाडौँ /१९ कार्तिक – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० ले माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसईई) मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ ।
शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत/वेदविद्याश्रम/ गुरुकुल/मदरसा/गोन्पा) र प्राविधिक धारतर्फ नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले २०८३ सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा समावेश हुनका लागि रजिस्ट्रेसन खुला गरेको हो ।
फाराम यहीँ कार्तिक १९ गतेदेखि मंसिर २४ गते भित्र भर्ने भराउने कार्यका लागि सम्बन्धित सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा महाशाखा/शाखा, शिक्षा विकास तथा समन्वय इकाई, तथा शिक्षा विकास निर्देशनालयहरूलाई आग्रह गरेको छ ।




