शिक्षा मन्त्रालय अन्तर्गतका निकायको व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय

काठमाडौँ /१८ कार्तिक – सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले सो निर्णय भएको बताए ।


मन्त्रीपरिषद्को कार्तिक १७ गतेको बैठकका निर्णयहरूमा भनिएको छ “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।”