विद्यालयलाई आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ /१९ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अविरल वर्षाको कारण प्रभावित हुन सक्ने समुदायलाई विद्यालयहरूमा आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।


केही दिन यतादेखि देशका विभिन्न भागमा अविरल वर्षा भैरहैकोले बाढी प्रभावित तथा डुबान, भू–क्षय लगायतका कारण प्रभावित हुन सक्ने समुदायलाई विद्यालयमा आश्रयस्थलको रूपमा प्रयोग गर्न सबै शिक्षा, विकास तथा समन्वय इकाइ र सबै विद्यालयलाई निर्देशन दिएको हो ।


यसैगरी विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरू आफू सुरक्षित रही स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यमा जुट्न मन्त्रालयले भनेको छ ।


“जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार यहि मिति २०८२ असोज १८ देखि २० गते सम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको र विगत केही दिन यतादेखि देशका विभिन्न भागमा अविरल वर्षा समेत भैरहैको सन्दर्भमा अविरल वर्षाको कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिमको कारण प्रभावित हुन सक्ने समुदायलाई तत्काल राहत तथा सुरक्षाको आवश्यकता पर्ने देखिएमा विद्यालयहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न र विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरू आफू सुरक्षित रही स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको
समन्वयमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यमा जुट्नको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशानुसार हार्दिक अनुरोध छ” पत्रमा भनिएको छ ।