भोलि सार्वजनिक विदा, शोक दिवस मनाइने

काठमाडौं/३१ भदौ – सरकारले असोज १ गते सार्वजनिक विदा गर्ने निर्णय गरेकोे छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने र सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।


आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको र शोक दिवस मनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।