विद्यालय समयमा शिक्षक तथा कर्मचारीलाई टिकटक बनाएर पोस्ट नगर्न निर्देशन

काठमाडौँ /३० भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समयमा शिक्षक तथा कर्मचारीहरूलाई टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा गुनासो आएपछि विद्यालय समय र तोकिएको पोशाकमा पोष्ट नगर्न निर्देशन दिएको हो ।


“प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएकोले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशानुसार अनुरोध छ” पत्रमा भनिएको छ ।