पोखरा महानगरपालिकाका विद्यालय असोज १ गतेदेखि खुल्ने

कास्की/२८ भदौ – पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि खोल्ने निर्णय गरिएको छ । जेनजीको आन्दोलनका कारण पूर्ण रुपमा बन्द भएकोमा असोज १ गतेदेखि नियमित संचालन गर्ने निर्णय गरेको हो ।


असामान्य परिस्थितिको कारण विद्यालयहरु पूर्ण रुपमा बन्द भएकोमा पोखरा महानगर पालिका नगर कार्यपालिकाको भदौ २८ गतेको बैठकको निर्णय अनुसार सम्पूर्ण विद्यालयहरु असोज १ देखि नियमित संचालन गर्ने भनि निर्णय भएकोले शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचार्यले बताएका छन् ।