प्रतिवेदन पेससँगै शिक्षा समितिको बैठक सकियो, अर्को बैठक भदौ ५ गते बस्ने

काठमाडौं/२ भदौ – प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अजा बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलाले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो ।


समितिको अर्को बैठक भदौ ५ गते बस्नेगरी सभापति अम्बर बहादुर थापाले आजको बैठक सकिएको जनाएका छन् । यसैगरी छात्रवृत्तिको विषयलाई नियमावलीमा व्यवस्था गरी जान सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रस्ताव गरेका छन् । साथै समितिका सदस्यहरूलाई प्रतिवेदन अध्ययनका लागि दुई दिनको समय उपलब्ध गराइएको छ ।


साथै मन्त्री पन्तले विधेयकलाई अब नलम्ब्याउन आग्रह गर्दै छिटो पारित गर्न आग्रह गरेका छन् । नयाँ नयाँ विषय ल्याउने र थप्दै जाने हो भने विधेयक कहिल्यै पास नहुने बताउँदै छिटो पास गर्न आग्रह गरे ।