शिक्षा ऐन शिक्षकलाई पेलेर ल्याए आन्दोलनमा जाने

काठमाडौँ /२२ साउन – नेपाल शिक्षक महासङ्घले भदौको ३ र ४ गते पूर्ण बैठक राखेर आन्दोलनको निर्णय गर्ने भएको छ ।


महासङ्घको बिहीबार बसेको बैठकले भदौ ३ र ४ गतेसम्म पर्ख र हेरकै अवस्थामा रहेको र शिक्षकहरूलाई पेलेर शिक्षा ऐन ल्याइए विकल्प खोज्ने निर्णय गरेको महासङ्घकी सहअध्यक्ष तथा आन्दोलन परिचालन कमिटीकी अध्यक्ष नानुमया पराजुलीले जानकारी दिइन ।


करिब १ महिना रोकिएको विद्यालय शिक्षा विधेयक माथिको छलफल आजदेखि सुरु भएको छ । तर, नेपाल शिक्षक महासङ्घले ऐन ल्याउने दिएको समय सीमा साउन २१ गतेसम्मलाई दिएको थियो ।


कस्तो आन्दोलन गर्ने, कहिलेदेखि गर्ने भन्ने सवालमा आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र त्यसमा पूर्ण समितिको बैठकले निर्णय गर्ने उनले जानकारी दिइन । उनले भनिन् “भदौ ३ र ४ गतेसम्म पर्ख र हेरकै अवस्थामा जाने निर्णय भएको छ । त्यस बिचमा शिक्षकहरूका मागका सवालमा पक्षिककरण गर्ने सरकारलाई दबाब दिनेछौँ । विधेयक सकारात्मक तरिकारले अगाडी बढे आन्दोलनमा जाँदैनौँ । तर शिक्षकलाई पेलेरै ल्याए आन्दोलनमा जान्छौँ ।”