काठमाडौँ /७ साउन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ । अर्थ मन्त्रालयबाट प्राप्त बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको हो ।
मन्त्रालयले स्वीकृत बजेट तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै महाशाखा प्रमुखहरू, मातहतका कार्यालय तथा निकायहरूलाई सो निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ ।
साथै तोकिएको लक्ष्य समयमै प्रभावकारी रूपमा प्राप्त हुने गरी कार्यान्वयन सुनिश्चित गर्न र प्रचलित आर्थिक कार्यप्रणाली, कानुनी व्यवस्था र मन्त्रालयबाट स्वीकृत कार्यक्रम कार्यविधिहरूको पालना अनिवार्य गर्न भनिएको छ ।



