काठमाडौं/२५ असार – कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा दिपक अर्याललाई नियुक्त गरेका छन् । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको मध्येमा अर्याललाई नियुक्त गरेका हुन् ।
यस अघिका उपकुलपति प्रा.डा. केसरजंग बरालले चैत १५ गते बिचमै राजीनामा दिएपछि त्रिविको उपकुलपति पद रिक्त थियो ।



