ग्राजुयट स्कुल अफ एजुकेशन : पिएचडी तहमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं/२५ असार – त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेशनमा विद्यावारिधि (पिएचडी)मा नयाँ भर्नाका लागि आवेदन फाराम साउन १ गते देखि भर्न सकिने छ ।


एम.फिल एकीकृत विद्यावारिधि कार्यक्रम अन्तर्गत विद्यावारिधि (पिएचडी) तह १० औं ब्याचमा शैक्षिक वर्ष २०८२ का लागि नयाँ भर्ना फाराम साउन १ गते बिहीबारदेखि २०८२ भदौ ४ गते बुधबारका दिनसम्म वितरण गरिने त्रिविले जनाएको हो ।


अध्ययन गर्न इच्छुक व्यक्तिहरुले नियमानुसार आवेदन दस्तुर बुझाई वेभसाइट www.gsetu.edu.np बाट भर्ना आवेदन फाराम डाउनलोड गरी बुझाउन सकिने छ ।