काठमाडौँ /१४ असार – शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विकास तथा समन्वय इकाई नै राख्ने सहमति गरेको छ । शनिबार बसेको समितिको बैठकले सो सहमति गरेको हो ।
समितिका सभापति अम्मरबहादुर थापाले राखेको प्रस्तावमा सहमति जुटेको हो । सङ्घीयताको मर्म तथा कानुनको प्रतिकुल नहुने गरी प्रस्ताव पारित गरिएको छ ।



