शिक्षक पेसागत विकास तालिममा सहभागीलाई प्रमाणपत्र

काठमाडौँ /१५ असार – ४८ घण्टे शिक्षक पेसागत विकास तालिममा सहभागी २२ जना शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौँ महानगरपालिका वार्ड नम्बर ३१ नयाँ बानेश्वर शङ्खमूल, स्थित लिभरपुल माध्यमिक विद्यालयका शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरेको हो ।


तालिमको आयोजना काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तर्गत सञ्चालित निरन्तर तथा पेसागत विकास केन्द्र ९सिपिइसी०ले गरेको थियो ।


स्कुल अफ एजुकेशनका डिन प्रा।डा।बालचन्द्र लुईटेल शिक्षक तालिमसँग जोडिएको क्रेडिट सञ्चय तथा स्थानान्तरणको बारेमा स्पष्ट पार्दै सहभागी विद्यार्थीहरूले कसरी निश्चित घण्टामा तालिम पुरा गरेर तहगत दीक्षान्त समारोहमा सहभागी हुन सक्छन् भन्ने विषयमा जानकारी दिए । कार्यक्रममा वक्ताहरूले आजीवन सिकाइलाई प्रेरित गर्ने यस्ता कार्यक्रमहरूले नेपाली शिक्षा प्रणालीमा गुणस्तरीय परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।


शिक्षकहरूको निरन्तर पेसागत विकास शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अपरिहार्य रहेको र विश्वविद्यालयस्तरको यस्तो नवीनतम प्रयासले स्थानीय विद्यालय र शिक्षक माझ गहिरो पेसागत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।