शिक्षा समितिमा सहमति : तृतीयको १० र द्वितीयको १२ बर्ष आवधिक बढुवाका लागि योग्य हुने

काठमाडौं/१४ असार – शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि पूरा गरेको शिक्षक बढुवाका लागि योग्य हुने सहमति जुटेको छ । आज बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले सो सहमति गरेको हो ।


२०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकको निवृत्तभरण र उपदान प्रयोजनको लागि नपुग सेवा अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने सहमति पनि भएको छ ।