एसईईमा कान्जीरोवा स्कुलका १७ जना विद्यार्थीले ल्याए ४ जिपिए

काठमाडौँ /१४ असार – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा९एसईई०को नतिजामा कान्जीरोवा स्कुलका १७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्न सफल भएका छन् । काठमाडौंको बालकुमारिमा रहेको उक्त विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ७७ जना विद्यार्थी मध्ये १७ जनाले ४ जिपिए ल्याउन सफल भएका हुन् ।


सहभागी विद्यार्थीमा ३.९ देखि ३.९९ जिपिए ल्याउने १२ जना, ३.६ देखि ३.८९ ल्याउने ३ज्ञ जना, ३.२ देखि ३.५९ ल्याउने १२ जना र २.९५ देखि ३.१९ जिपिए ल्याउने ५ जना रहेका छन् ।


यसवर्ष काठमाडौँ जिल्लाबाट मात्रै ४१० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । साथै ४ जिपिएका ल्याउने अन्य जिल्लाहरूमा ललितपुरबाट १०० जना, रूपन्देहीबाट ८७ जना, कास्कीका ६५ जना, चितवनका ३७ जना, भक्तपुरका ३० जना, धनुषाका २० जना, मोरङका १८ जना र कैलालीका ७ जना विद्यार्थीहरू रहेका छन् ।