एसईईमा ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीका लागि पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौं/१४ असार – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा पूरकको समयतालिका सार्वजनिक गरेको छ । २०८१ चैतमा सञ्चालन भएको एसईई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका सबै परीक्षार्थीका लागि तालिका सार्वजनिक गरेको हो ।


तालिका अनुसार साउन २९ गतेदेखि भदौँ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ । परीक्षामा सहभागी हुनका लागि परीक्षा नियन्त्रण कार्यालय कक्षा १०को वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने जनाएको छ ।