रुपन्देही/२५ बैशाख – विद्यार्थी बोकेको एक स्कुल बसमा आगो लागेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो ।
आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आज बिहान विद्यार्थी बोकेर विद्यालय आउँदै गरेको बसमा अचानक आगो लागेको थियो ।
विद्यालयका सह प्रधानाध्यापक इन्द्र बहादुर क्षेत्रीले विद्यार्थी लिएर विद्यालय नजिकै आएको स्कुल बसमा आगो लागेको जानकारी दिए । उनले बसको स्टार्ट बन्द भएको र कालो धुवा आउन थालेपछि तत्काल विद्यार्थी बाहिर निकालिएकोले मानवीय क्षति हुन नपाएको बताए ।