काठमाडौँ /२१ बैशाख – नेपाल मेडिकल एसोसिएसन र सरकारबिच शनिवार चारबुँदे सहमति भएको छ । नेपाल मेडिकल एसोसिएसन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच सहमति भएको हो ।
समझदारी पत्रमा निजी मेडिकल कलेज तथा प्रतिष्ठानमा अध्ययनरत आवासीय चित्सिकहरूले उठाएका माग सम्बोधन सहित सहमति भएको छ । समझदारी पत्रमा मन्त्रालयका तर्फबाट डा. भीमप्रसाद सापकोटा र मेडिकल एसोसिएसनका तर्फबाट सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू अन्त्य भएको हो । सहमतिमा चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने उल्लेख छ । ती आवासीय चिकित्सकले निर्वाह भत्ता आठौँ तहसरह हुनुपर्ने माग गरेका थिए। निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय गरिएको हो ।




