काठमाडौँ/१७ बैशाख – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबिच वार्ता जारी छ । नेपाल शिक्षक महासङ्घ र मन्त्रालयबिच हिजो भएको सकारात्मक वर्ता पछि सहमतिका लागि आज पुन वार्ता गरिएको हो ।
शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र संसदीय समितिका सभापति अम्बर बहादुर थापा पनि सहभागी छन् । मंगलबार रातीसम्म भएको वार्तालाई अन्तिम रूप दिन आज छलफल गरिएको छ ।
वार्ता नेपाल शिक्षक महासङ्घले दिएको ९ बुँदामा केन्द्रीत रहेको र मन्त्रीपरिषद्बाट सम्बोधन गर्नुपर्ने विषयमा केन्द्रीत रहेको छ । त्यसैगरी विद्यालय शिक्षा ऐन आउने विश्वासिलो आधार तय गर्नका लागि छलफल भईरहेको जनाइएको छ ।