काठमाडौँ /१७ बैशाख – आन्दोलनरत शिक्षकहरू वर्ताका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । सरकारसँग भएका सहमति सहित विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने माग सहित चैत २० गतेदेखि निरन्तर काठमाडौँ केन्द्रीत सडक आन्दोलन गरिरहेका शिक्षकहरू वार्ता गर्न मन्त्रालय पुगेका हुन् ।
नेपाल शिक्षक महासङ्घ र मन्त्रालयबिच हिजो भएको सकारात्मक वर्ता पछि सहमतिका लागि आज पुन वार्ता गरिएको हो । नेपाल शिक्षक महासङ्घले ९ बुँदामा सहमति जुटाउने र मन्त्रीपरिषद्बाट सम्बोधन गर्नुपर्ने विषयमा छलफललाई अगाडी बढाएको जनाएको छ ।
त्यसैगरी विद्यालय शिक्षा ऐन आउने विश्वासिलो आधार तय गर्नका लागि छलफल भईरहेको जनाएको छ ।



