कास्की/१५ बैशाख – पोखरा महानगरपालिकाले १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठन–पाठन प्रभावित भएको भन्दै सो आग्रह गरेको हो ।
महानगरको नगर शिक्षा समितिको बैशाख १४ गतेको निर्णयानुसार १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्नुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्ने निर्णय भएको जानकारी गराउँदै पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ ।
‘प्रस्तुत विषयमा विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठन–पाठन प्रभावित भएकोले पोखरा महानगरपालिका, नगर शिक्षा समितिको मिति २०८२/०१/१४ गतेको निर्णयानुसार यही मिति २०८२/०१/१७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्नुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्ने निर्णय भएकोले सोही मितिसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्नु गराउनुहुन अनुरोध छ’ सूचनामा भनिएको छ ।



