काठमाडौं/१४ वैशाख – आन्दोनलका क्रममा घाइते भएका शिक्षक कर्मचारीहरुको काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको हो ।
केएमसीले विज्ञप्ति जारी गर्दै भनेको छ ‘हाल काठमाडौं केन्द्रित रही शिक्षकहरुले गरेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ ।’



