महेश बर्तौलाको आरोप : शिक्षकहरुलाई प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरे

काठमाडौँ /१४ बैशाख – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षकहरुलाई प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको तर्क गर्दै शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् ।


बर्तौलाले शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरेका छन् । आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबिच भएको झडप दुखद भएको बताउँदै आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने बताए ।


यसैगरी सांसदहरूलाई अनावश्यक दबाब दिएर कानुन बनायौँ भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिए ।