काठमाडौँ /१४ बैशाख – नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आन्दोलनरत शिक्षकहरू र समाचार सङ्कलन गर्न गएका पत्रकारहरू माथि प्रहरी दमन गरिएको भन्दै खेदजनक अभिव्यक्ति दिएका छन् ।
विद्यालय शिक्षा ऐन ल्याउन काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षक र प्रहरीबिच आज झडप भएको थियो ।
शर्माले शिक्षकका मागहरू प्रति सरकार गम्भीर बनोस् भन्दै शिक्षक आन्दोलनले हजारौँ शिक्षकहरू मात्रै नभई लाखौँ अभिभावकहरू चिन्तित र विद्यार्थीहरूको भविष्यप्रति खेलबाड भैरहेको देख्दा सरकार छ की छैन भन्ने प्रश्न उठेको बताएका छन् ।
उनले भनेका छन् ‘आन्दोलनरत शिक्षकहरू र समाचार सङ्कलन गर्न गएका पत्रकारहरू माथि गरिएको प्रहरी दमन खेदजनक छ । शिक्षकका मागहरू प्रति सरकार गम्भीर बनोस् शिक्षक आन्दोलनले हजारौँ शिक्षकहरू मात्रै होइन लाखौँ अभिभावकहरू चिन्तित र विद्यार्थीहरूको भविष्यप्रति खेलबाड भैरहेको देख्दा सरकार छ की छैन भन्ने प्रश्न उठेको छ । तत्काल शिक्षकका माग पूरा गरि पठनपाठन सुचारु गरियोस्, घाइते शिक्षकहरू र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’



